सुदूर पश्चिम प्रदेशले पनि बारा र पर्साका हावाहुरी प्रभावितलाई १ करोड दिने

| 2019 Apr 02 | 04:56 pm 1565

काठमाडौं, चैत १९  : सुदूर पश्चिम प्रदेशले बारा र पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ ।मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ ले स्थापना गरेको राहत कोष मार्फत सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

यसअघि प्रदेश नम्बर ३ ले हुरी प्रभावितलाई १ करोड दिने निर्णय गरेको थियो । आइतबार राति अचानक आएको हुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भयो थियो भने सैयौं घर क्षति भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.