काठमाडौं, पुस २३ : सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च लेकाली र हिमाली भागमा बाक्लो हिमपात भएको छ ।
आइतबार राति पहाडी जिल्लाका अधिकांश हिमाली र लेकाली भागमा हिमपात भएको हो ।
बैतडीको खोड्पे, अछामको रामारोशन, खप्तड, बाजुराको पाण्डुसेन, रुगिन बिच्छ्यालगायत दार्चुला, बझाङका हिमाली र लेकाली भागमा हिमपात भएको छ ।
दार्चुलाको खोड्पे क्षेत्रमा करिव एकफिट बाक्लो हिउँ परेको पत्रकार प्रेमसिंह भाटले जानकारी दिए । हिमपातसंगै चिसो अत्यधिक रुपमा बढेपछि जनजीवन प्रभावित बनेको छ ।