सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा बलायर विजयी

रिपोर्ट नेपाल | 2021 Dec 05 | 01:06 pm 1929

कैलाली, मंङ्सिर १९ः काँग्रेस सुदूरपश्चिमको प्रदेशको प्रथम महाधिवेशनबाट सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । उनले ६ सय ८८ मतसहित विजयी भएका हुन् ।

संस्थापन पक्षबाट सभापति उम्मेदवार बनेका बरायरले नारायणदत्त मिश्रलाई ४ सय ८ मतले पराजित गरेका हुन् । कुल खसेको १ हजार ३ मतमध्ये मिश्राले २ सय ८० मत मात्र प्राप्त गरेका थिए । बलायर नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक मन्त्रीसमेत हुन् ।

यस्तै उपसभापतिमा संस्थापन पक्षका जनकराज चौधरी ६ सय १०, लोकराज अवस्थी ५ सय २३, महामन्त्रीमा नरनारायण शाह (मनु) ६ सय ४८, मेघराज खड्का ६ सय ३५, सह–महामन्त्रीमा गोपालदत्त भट्ट ५ सय २९, चिन्तामणि भट्ट ५ सय ३३ र अम्बिका कुमारी चलाउनले ६ सय ८६ मत प्राप्त गरी विजयी भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.