सुदुरपश्चिम आएको विनाशकारी हावाहुरीले दुई जनाको मृत्यु , एक सय चार जना घाइते

रिपोर्ट नेपाल | 2019 Jun 07 | 08:02 am 1806

कैलाली, जेठ २४:  बिहिबार साँझ आएको विनाशकारी हावाहुरीले सुदुरपश्चिमकाे कैलालीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी–८ का वीरबहादुर चौधरी र टीकारपुर–२ लाहानु चौधरी रहेको प्रहरीले जनाएको छ ।

कैलालीमा हावाहुरीबाट घाइते हुनेहरुको संख्या ८१ पुगेको छ । त्यस्तै जिल्ला प्रहरी कञ्चनपुरका अनुसार अहिलेसम्म २३ जना घाइते भएका छन ।

हावाहुरीले कञ्चनपुरमा सयौं घरको छाना उडाएको छ । बिजुलीका सयौं पोल ढलेका छ्न् ।

घाइते मध्ये १५ जना महाकाली अञ्चल अस्पतालबाट सामान्य उपचार गरेर घर फर्केका र  अन्यको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए   ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.