सुदुरपश्चिममा फेरि भूकम्प

| 2022 Nov 10 | 08:22 am 1285

काठमाडौं, कात्तिक २४ः सुदुरपश्चिममा पुन: भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर १२ मिनेट जाँदा पुन: भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबारको भूकम्प बाजुराको खप्तड छेडेदह गाउँपालिका थियो भने उक्त भूकमप ४.१ म्याग्नेच्युटको मापन गरिएको थियो ।

यसअघि मंगलबार राति डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । सो भूकम्पका कारण ६ जनाको मृत्यु भएको थियो । त्यस्तै दर्जनौँ घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.