सुत्केरी व्यथा लाग्ले औषधि दिएपछि आमा र बच्चा दुवैको मृत्यु

रिपोर्ट नेपाल | 2020 Oct 30 | 02:42 pm 2621

बुटवल, कात्तिक १४ः बिहीबार साँझ लुम्बिनी प्रादेशिक अस्पतालमा एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका- ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरी रहेका छन् । उनीलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएकाे थियाे ।

बिहीबार दिउँसो अस्पताल भर्ना भएर परीक्षण गर्दा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका थिए । तर साँझ दुवैको मृत्यु भएको हो ।

नर्मल प्रकृयामै सुत्केरी गराउन चिकित्सले प्रयास गरे पनि व्यथा नलागेपछि अप्रेशनमार्फत बच्चा निकाल्ने तयारी गर्दै गर्दा आमा र बच्चाको ज्यान गएको अस्पतालको दाबी छ । तर औषधि दिइएको ३ घण्टाभित्र शिशुको र त्यसको २ घण्टापछि गीताको ज्यान गएको थियो ।

नियमित रुपमा गर्भ जाँच गराएकी गीताले चिकित्सकको सल्लाह बमोजिम नै बिहीबार अस्पताल भर्ना भएको मृतकको परीवारले बताएका छन् ।

अप्रेसनको तयारी गरिसक्दा पेटमा भएको शिशुको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका थिए । त्यसपछि मृतकको श्वासप्रश्वासमा समेत एक्कासि समस्या आएको र राति ९ बजे गीताको ज्यान गएको अस्पतालले जनाएको छ ।

गीताकाे मृत्युपछि मृतकका आफन्तहरुले भने अस्पतालको लापरवाहीका कारण आमा र शिशुको ज्यान गएको भन्दै घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । मृतकका आफन्तहरूले शुक्रबार बिहान केहीबेर प्रदर्शनसमेत गरेका थिए । अहिले मृतकका आफन्त र अस्पतालबीच छलफल भइरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.