सुत्केरी विदाबाट फर्किन न्युजल्याण्डकी प्रधानमन्त्री

रिपोर्ट नेपाल | 2018 Aug 03 | 10:05 am 1752

विलिङटन, साउन १८: न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किएकी छन्।

झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भनेकी छन्।

प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उहाँ विश्वको दोस्रो व्यक्ति हुन। यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनु भएको थियो ।
अहिले ३८ बर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छन्। “म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मेरा सहकर्मीले न्युजल्याण्डको लागि राम्रो भूमिका निर्वाह गर्नुभएको छ भन्ने मैले विश्वास लिएकी छु,” उनले भने।

प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ विताएको बताए। “त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अव म पुर्ववत अवस्थामै काम गर्न सक्नेछु,” उनले भने।

आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमान्ले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै उनले थपे, “म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन्।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.