चैत ३ गते सुत्केरीका लागि अस्पताल ल्याइएकी २२ वर्षीया थापाले ४ गते अप्रेसन गरेर छोरालाई जन्म दिएकी थिइन्। शिशुलाई भने अस्पतालमामै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
सुत्केरी भएपछि थापाको पेट सुन्निदै गएको थियो। चिकित्सकलाई पेट सुन्निएको खबर गर्दा पनि उपचारका लागि वास्ता नगरेको गुनासो मृतकका श्रीमान जय थापाको छ।३ दिनसम्म सेती अस्पतालमै राखेर उपचार गरिरहेका आफन्तलाई ७ गते सेती अस्पतालका चिकित्सकले उपचार गर्न नसक्ने भन्दै रिफर गरिदिएको उनले जानकारी दिए।
मृत्यु भएपिछ मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव नबुझेका हुन् ।
मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै विहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताए । उनले मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको जानकारी दिए ।