सुडान घोटालामा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 30 | 10:09 am 1619

काठमाडाैं, भदौ १३: सुडान घोटालामा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। उनलाई आफ्नै निवास भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एसएसपी दिपक रेग्मीले जानकारी दिए।

ब्यूराेले दिएकाे जानकारी अनुसार भारतीलाई पक्राउ गरेर कार्यालयमा ल्याउँदै गरेकाे र केहिबेरमा विस्तृत रूपमा जानकारी दिने जनाए।  सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न विशेष अदालत काठमाडौंले निर्देशन दिएको थियो।

भारती नेपाल एजेन्टका रुपमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.