सुख्खा बन्दरगाहको काम ठप्प

| 2021 Apr 04 | 08:05 am 1453

रसुवा, चैत २२ः कोभिड–१९ को खोप लगाउन गएका चिनियाँ कामदार नफर्केपछि तीन महिनादेखि निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम रोकिएको छ । उक्त सुख्खा बन्दरगाह चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवागढी नाकामा निर्माण भइरहेको छ ।

चीन सरकारको आर्थिक सहयोगमा टिमुरेमा निर्माण भइरहेको सुख्खा बन्दरगाहले नेपाल–चीनबीचको व्यापारलाई थप सहज वनाउने अपेक्षा गरिए पनि हाल बन्द रहेको छ ।

बन्दरगाहका लागि करिव १२ करोड ४० लाख चिनियाँ युआन लाग्ने छ । सीमा नाकाबाट करिब साढे दुई किलोमिटरमा पर्ने बन्दरगाह पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ३ सय ५० वटा ठूला ट्रक तथा साना गाडी अट्ने पार्किङस्थल निर्माण हुनेछ ।

चीनले सन् २०१४ मा बन्दरगाह वनाउन प्रारम्भिक सहमति जनाएको भए पनि विनाशकारी भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आाएको छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट पाँच सय र सर्वसाधारणको तीन हेक्टर जग्गा अधिकरण भएको थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.