सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध

| 2022 Oct 15 | 07:28 am 1241

बझाङ, असाेज २९: सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ। जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार (सुङ्गाल्ना) नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो।

पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्क बिच्छेद भएको छ। शनिबार बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका यात्रुबाहक बस, मालबाहक ट्रक र जीपहरु रोकिएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरि सडक खुलाउने अधिकारी अर्‍यालको भनाई छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.