सुख्खा पहिरोका कारण मालढुंगा–टाकुरी सडक खण्ड अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Feb 05 | 01:51 pm 2059

बागलुङ, माघ २२: कालिगण्डकी करिडोरको बागलुङ खण्ड अन्तरगत मालढुंगा–टाकुरी सडक खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ।

बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका १३ गलुवामा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएका कारण जिल्लाक दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीका साधन संचालनमा बाधा पुगेका छन्।

वैकल्पिक मार्गबाट सवारी पठाउने तयारी भैरहेको भएपनि कृषि सडक कालोपत्रेको काम चलिरहेको र सडक ढलानको काम भैरहेकाले सावारी साधन आवतजावतमा रोक लगाएको बुझिएको छ ।

निर्माणधिन सडकलाई सहज बनाएर सवारी चलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कर्यालय बागलुङले जनाएको छ।

बिहान देखि रोकीएका सवारीलाई सहज आवात जावतको व्यवस्था मिलाउने प्रयास भैरहेको प्रहरी निरीक्षक दीपक रिजालले बताए।

सुख्खा पहिरो हटाएर करीडोर खुलाउने प्रयास समेत थालिएको बताइएको छ। बागलुङ–कुश्मीशेरा सडक खण्डमा कालोपत्रेको काम गरिहेको निर्माण कम्पनी कर्ण बिल्डर्सले डोजर पठाएर अबरोध हटाउने काम थालेको जनाएको छ।

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङमा चल्ने साना तथा ठुला गरी झण्डै २ सय सवारी साधन प्रभावित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.