सुक्खा पहिरोले पासाङल्हामु सडक अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Dec 31 | 03:43 pm 2019

रसुवा, पुस १६ : आइतबार राति सुक्खा पहिरो खस्दा पासाङल्हामु सडक अवरुद्ध भएको छ । गोसाइकुण्ड गाउँपालिका–५ खोपाङ भिरमा सुक्खा पहिरो खस्दा धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा रसुवागढीनाकाबाट सामान बोकेर काठमाडौं जाँदै गरेका र सामान लिन केरुङ जान लागेका कन्टेनर तथा यात्रुवाहक सवारी साधन बीच बाटोमा रोकिएका छन् ।

सडक खुलाउनको लागि नुवाकोटबाट स्काभेटर मगाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । साँझसम्ममा सडक संचालनमा आउने उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.