सीमापारिबाट लुकिछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा

| 2020 Sep 23 | 07:48 am 1927

काठमाडाैं, असाेज ७ः लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ। तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन।

यसरी आउनेमा अधिकांश एक लाख ६९ हजार कोरोना संक्रमित रहेको सीमावर्ती भारतको बिहार राज्यका मानिस छन्। उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो।

लुकीछिपी भित्रिने क्रम जारी रहेकाले नेपालमा संक्रमण फैलिने जोखिम उच्च रहेको छ। आगामी दिनमा उनीहरुका कारण विशेषगरी काठमाडौं संक्रमणको उच्च जोखिममा पर्ने सरोकारवाला बताउँछन्। नागरिक दैनकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.