सीता एयरको जहाजमा बँदेल ठोक्कियो

| 2021 Nov 02 | 08:20 am 1537

नेपालगञ्ज, कात्तिक १६ः  नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो ।

सीता एयरको जहाज हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो । दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल छन् । जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.