सिलिचोङका पहिरोपीडितलाई दशैं हर्क न विस्मात्

रिपोर्ट नेपाल | 2020 Oct 18 | 08:07 am 1889

संखुवासभा, कात्तिक ३ः  नेपालीको महान् चाड दशैं नजिकिए पनि संखुवासभाका पहिरोपीडितलाई दशैं हर्क न विस्मत भएको छ । तीन महिना अगाडिबाट पालमुनि कष्टका साथ रातदिन बिताइरहेका उनीहरुमा नजिकिएको दशैं पनि पालमुनि बित्ने चिन्ताले सताएको छ ।

गत असार २७ गते गएको पहिरोले आफन्त र घरबारी गुमाएको पीडा त उनीहरुमा छँदै छ । त्यसमाथि पनि तीन महिना अगाडिबाट प्लास्टिकको पालमुनिको कष्टकर बसाइले थप पीडा भएको उनीहरुको दुखेसो छ । अझैसम्म स्थायी बासको टुङ्गो नभएकाले उनीहरु निराश र दुःखी बनेका छन् ।

लामो समयसम्म अस्थायी टेन्टमा बस्नुपर्दा विभिन्न समस्या झेल्नुपरेको विस्थापितले गुनासो गरेका छन् । स्थानीय सरकारले चाँडै आफूहरुलाई सुरक्षित स्थानमा स्थायी पुनर्बास गर्न विस्थापित धीराज राईले माग गरेाज छन् ।

उनले प्लास्टिकको टेन्टमा बस्दा कहिले घामले पोलेर गर्मी हुने त कहिले पानीको बाछिटा आउने र भुइँबाट आउने चिसोले पिरलेको दुखेसो गरे ।

विस्थापित राई मात्र होइन, सिलिचोङको विभिन्न स्थानमा अस्थायी बासस्थानमा बसेका पहिरोबाट विस्थापित परिवारमा एकै खालको पीडा रहेको छ ।

सिलिचोङकै बुधबारेको अस्थायी बासमा बसिरहेका अर्का हीरालाल राईको पीडा पनि उस्तै छ । उनले बुधबारेमा २९ घरपरिवारका करिब १ सय ४० जनाभन्दा बढी भएकाले एक परिवार एक पालमुनि कष्टकररुपले बसे पनि खानपान र शौचालयलगायतका धेरै समस्या भोग्नुपरिरहेको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.