- महेश सिंह महतो
सिरहा असार १८: लहान नगरपालिका–२४ मा ९ महिने एक जना बालिका बलात्कृत भएकी छन् ।
बलत्कारको आरोपमा स्थानीय छिमेकी १४ वर्षे बालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार घरमा कोहि नहुँदा मौका छोपेर बालिकालाई बलात्कार गरेको बताए ।
बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना घटाएको बालिकाकी आमाले बताईन ।
खाजा पुर्याएर घर फर्कदा बालकलाई घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
सिरहामा दिन प्रतिदिन महिला हिंसा, घरेलु हिंसा, बलात्कारको घटनाहरु जस्तो हिंसा बढ्दै गरेको एक तथ्यांकमा उल्लेख गरिएको छ ।