सिराहामा लागूऔषध सहित एक युवक पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 02 | 01:18 pm 2401

  • महेश सिंह

सिरहा, भदौ १६:  जिल्लाको गोलबजार नगरपालिका ४ बाट अवैध लागूऔषधसहित एक युवकलाई सिराहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नम्बर १३ का गौरव कुमार सिंह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स ५ प ९६९२ नम्बरको मोटर साइकलमा लुकाइ छिपाई लगेको अबस्थामा सिंहको साथबाट १ सय ९५ पिस नाईट्रो जोपाम ट्याबलेट बरामद गरेको प्रहरीले बताए।

पक्राउ परेका सिंहलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसधान भई रहेको डिएसपी अपीलराज बोहराले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.