- महेश सिंह
सिराहा, साउन ३२: अवैध लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिराहाको कर्जनहा नगरपालिका वडा न ८ का बिजय पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको सादा पोसाकका प्रहरी टोलिले भारतबाट लुकाई छिपाई ल्याउदै गरेको पैदल यात्री पासवानलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँच गर्दा पासवानका साथबाट १ सय ५० पिस नाईट्रोभेट ट्याबलेट बरामद गरेको थियो । पासवानलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रबक्ता अपिलराज बोहराले जानकारी दिए ।