- महेश सिंह
सिराहा भदौ २३: सिराहामा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले दिएको अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको परयागपुरस्थित यात्रुवाहक बस दुर्घटना हुँदा दर्जनौ घाईते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौं जादै गरेको ना ५ ख ५२३४ नम्बरको शुभ बिहानी नामक यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ । दुर्घटनामा परी दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिए ।
नाम, ठेगाना नखुलेको दुवै जनाको टाउको र छातीमा गम्भिर चोट लागेको प्रारम्भिक जानकारी दिइएको छ। घाईते भएका करिब दुई दर्जन यात्रुहरुको स्थानीय अस्पताल तथा क्लीनिकहरुमा उपचार भईरहेको प्रहरीले जानकारी दिए ।