सिराहामा अवैध गाँजा सहित एक भारतीय पक्राउ

| 2019 Jul 06 | 09:49 am 2239

  • महेश सिंह महतो

सिराहा, असार २१:  जिल्लाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४ सय ५० ग्राम अवैध गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला लुवाही बलुवाका २८ वर्षीय शत्रुधनकुमार सिंह रहेका छन् । उनले बिआर ०१ बिएक्स ४२४९ नम्बरको मोटरसाइकलमा गाँजा लुकाए र लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको टोलीले ५ केजी ४ सय ५० ग्राम अवैध लागूपदार्थ गाँजासहित पक्राउ गरेको हो ।

शत्रुधन कुमार सिंह र मोटरसाइकललाई आवशयक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको शसस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.