सिराहाको नापी कार्यालयमा आगलागी

रिपोर्ट नेपाल | 2019 Jul 19 | 09:46 pm 2311

  • महेश सिंह महतो

सिराहा, साउन ३  जिल्लाको नापी कार्यालयम आग्लागी भएको छ । भर्याङको छेउमा स्टोर रुम नजिक राखिएको जनरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिराहाका प्रमुख गिरीशकुमार लाल कर्णले बताए । स्टोर रुम संगै टासिएर राखिएको जनरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले आजगनी भएको प्रमुख कर्णले जानकारी दिए ।

आगलगीबाट काम नलाग्ने पुराना फाइल तथा जनरेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो कार्यालयका र्मचारी, प्रहरी र वारुणायन्त्रणको सहयोगमा एक घन्टा पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।आगलगीबाट कुनै किसिमको मानवीय क्षती नभएको प्रमुख कर्णले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.