- महेश सिंह
सिरहा, माघ २४: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित झण्डा मेलाको उद्घाटन मन्तव्य दिने क्रममा उनले उक्त कुरा बताएका हुन्।
।
उनले मधेसमा सिँचाइ र भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन्। मधेसको मुख्य समस्या नै सिँचाइ रहेको भन्दै कमला–सुनकोशी डाइभर्सनको काम बढाउनुपर्नेमा जोड दिए।
उनले कोशी–कमला डाइभर्सन निर्माण चाँडै सुरु हुने पनि विश्वास व्यक्त गरे।
अध्यक्ष प्रचण्डले हुलाकी सडक निर्माण, निजगढ विमन स्थल निर्माण, रेलमार्ग निर्माण तथा फास्टट्र्याक तीव्र गतिमा भइरहेको बताए।
उनले मधेससँगको प्रेम कहिले नटुट्ने बताएका छन । एक फरक प्रसंगमा उनले तराई–मधेस र पहाडलाई जोडेर आर्थिक समृद्धिको नयाँ यात्रा सुरु भएको बताए ।
संविधान संशोधनका लागि पार्टी सकारात्मक रहेको भन्दै मधेससँग आफुले गरेको प्रेम टुट्न नदिने बताए। सिरहा आउँदा आफ्नै घर आएजस्तो लाग्छ, उनले भने, माइत आएको महसुस हुन्छ।

त्यस्तै नेकपा नेता तथा पूर्व उद्योगमन्त्री मातृकाप्रसाद यादबले मधेस–पहाडका उत्पीडित जनता एकजुट नभएसम्म अधिकार नपाउने बताए। उनले एउटा मधेसी दल सरकार छोड्दा अर्को दल सरकारमा आउन खोजेको भन्दै मधेसी जनता एकजुट नभएसम्म संविधान संशोधन नहुने धारणा राखे।
त्यसैगरी अर्का नेत्री सरीता निरीले मधेशमा एउटा राष्ट्रिय प्रश्न उब्जेको छ त्यो प्रश्न एकदिन घटनामा परिणत पनि हुन सक्छ त्यसकारण प्रश्नको उत्तर सामुहिक रुपमा खोज्न तयार छौं सामुहिक रुपमा प्रश्नको उत्तर आएन भने हामी मधेशी आफै उत्तर खोज्न तयार हुने बताए ।
‘कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ मूल नारासहित १० दिने मेला सुरु भएको छ ।
स्थानीय कृषिलाई आधुनिकीकरण गर्न प्रोत्सान, बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा न्यूनीकरण, विद्यार्थीको क्षमता अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्धन तथा आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको गरिएको गाउँपालिका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक केदारनाथ यादवले जानकारी दिए।