सिरहा क्षेत्र नम्बर १ को कांग्रेस सभापतिमा चौधरी निर्वाचित

रिपोर्ट नेपाल | 2021 Dec 02 | 01:02 pm 2153

  • महेश सिंह

सिरहा, मंसिर १६ः नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् । निर्वाचित चौधरीले कोरोनाकालमा गरिब, दलित, अपांग लगायतलाई राहत बाँडेर देशब्यापी चर्चा कमाएका थिए । कडा प्रतिस्पर्धाका बिच चौधरीले ३ सय २४ मत ल्याई विजय भएका छन्। युवा नेता चौधरीसंग प्रतिस्पर्धामा उत्रेका कन्हैया गुप्ताले ३ सय १५ मत प्राप्त गरेका थिए ।

No description available.

चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। नेता सुनिल महतो, अरुण केसी, फुलेशवर महतो लगायतका समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँएका थिए। उनले आफू देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका छन्। समाजमा नेता चौधरीको योगदान निकै रहेको थियो।

No description available.

उनलाई चुनावमा बिजय गराउने सम्पूर्ण नेता कार्यकर्ता र हामीलाई चुनावमा सहयोग गर्ने सम्पूर्ण पत्रकार र संन्चारकर्मी र बुद्धिजिवि र समाजसेवी र आमसमुदायलाई एक मुस्ट रूपमा धन्यवाद दिएका छन्।

नेता चौधरी बिगत लामो समय देखि ओहोरात्र समाज भलोको लागि ब्यक्तिगत रूपमा आर्थिक सहयोग देखि विभिन्न किसिमको सहयोग गर्दै आएका छन्।

No description available.

उनले समाजमा गरेका कामहरु उच्च सराहनीय रहेको जनसमुदायको भनाई रहेको छ। उनले कोरोना महामारीमा समाज सेवा गर्दा गर्दै श्रीमती स्वर्गीय संगिता कर्मचार्य र भाई दिपेन्द्र सिंहलाई गुमाएको दुःखद खबर समाजमा रहेको छ। चौधरीको जित नै लहान जनताको भलो र समृद्धी हुने लहान बासीको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.