- महेश सिंह
सिरहा, मंसिर ३०: सिरहा नगरपालिका ७ बाट शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा लागूऔषधसहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
गस्ती प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा अवैध लागूऔषध सहित पक्राउ परेका हुने ।
भारतबाट खरिद गरी लुकाई ,छिपाई ल्याउदै गर्दा सिरहा नगरपालिका १ बस्ने २४ बर्षय धिरज कुमार साहलाई लागूऔषध नाईट्रभोट १४ पीस सहित साह लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।