सिरहामा मानव अधिकार रक्षकको लागि मिडिया साझेदारी बैठक सम्पन्न

रिपोर्ट नेपाल | 2020 Jan 01 | 09:05 am 1700

महेश सिंह सिरहा, पुस १६: मंगलबार सिरहाको लहानमा मानव अधिकार रक्षकका लागि मिडिया साझेदारी कार्यक्रम सम्पन्न भको छ ।

प्रदेश नम्बर २ मा मानव अधिकारको अवस्था, चुनौतीका विषयमा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश नम्बर २ का अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको कार्यालय जनकपुरले यो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रदेश नम्बर २ को संयोजक राजु पासवानको प्रमुख आतिथ्य रहेको थियो । प्रदेश नम्बर २ मा मानव अधिकारको घटनाहरु न्युनिकरण गर्न इन्सेकले आर्थिक समाजिक र सान्स्कृतिक कुराहरु पत्रकार र मानवअधिकाकर्मीबीच छलफल कार्यक्रम भएको हो ।

प्रदेश २ मा अध्ययन र अनुसन्धानमा मुल १ सय ६५ घटनाहरु अभिलेखमा उल्लेख रहेको छ । उक्त घटना मध्ये महिला र बालबालिकाहरु बढी पीडित रहेको प्रदेश संयोजक पासवानले बताए ।

मानव अधिकार र सञ्चारकर्मीहरुसंग तालमेल र वातावरण मिल्यो भने काम गर्न सहज हुन्छ । देशमा छुवाछुतका घटनाहरु दुई किसिमको घटी रहेको अधिकार कर्मी बिनोद बिसुन्केले बताए ।

सिरहामा अपहरण ,ज्यान मार्ने घटनाहरु सेलाएको छ । सिरहामा न्याय दिने ब्यक्तीहरुलाई आफैं थाहा छैन म को हु भनेर अर्को मानव अधिकार कर्मी सुनिल साहले भने, नागरिक समाजको जुन आशा र अपेक्षा थियो त्यो चाहिँ सेलाएको छ ।

अर्को सामाजिक मुल्य मान्यतालाई जबसम्म बदल्न सकिदैन भने तब सम्म बालविवाह नरोकिने बताए । प्रदेश नम्बर २ मा एक बर्षमा ६ सय ५० घटनाहरु घटेको त्यसमधे सिरहामा १ सय वटा घटना घटेको आयोजकले बताए ।

नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताले पहिलाको तुलनामा अहिले पत्रकारहरुको चुनौती अलिकम भको छ् । अहिले धेरै पत्रकार र मानव अधिकारकर्मीहरु छन ब्यापक रूपमा अन्लाईन र पत्रीकाहरु छन् ।

पत्रकारहरुमा छमता अभिवृद्धि र मौलिक कुराहरूको कमि देखिको बताए ।

अतिथिहरुमा सुनिल साह, देब राज पोखरेल, रेनु कर्ण, ओरेक नेपालको संयोजक ज्योति तिवारी लगायत विभिन्न मिडियामा आबद्ध पत्रकार र मानव अधिकार कर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन इन्सेकको जिल्ला प्रतिनिधि दुर्गा परियारले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.