- महेश सिंह
सिरहा , जेठ २६ः भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गोलबाजार नगरपालिका ३ का ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापा रहेका छ्न् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकाे हाे ।
गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकबाट दुवैजना पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। ।
उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजार थप अनुसन्धान गरी रहेको प्रहरी प्रवक्ता तथा डिएसपी घिमिरेले जानकारी दिए ।