सिरहामा बृद्ध–बृद्धालाई जाडो छल्न सिरक वितरण

| 2019 Dec 20 | 08:46 am 2041

  • महेश सिंह

सिरहा, पुस ४: सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ कबिलासीमा बृद्धबृद्धा, अपांग, जेष्ठ नागरिक तथा विधवा महिलालाई वडा कार्यालयद्वारा १ सय ६० जनालाई सिरक वितरण गरीएको छ ।

साविकको कबिलासी गाविसको १ देखि ९ सम्मको सम्पूर्ण वडाका बृद्धबृद्धा, अपांग, जेष्ठ नागरिक तथा विधवा महिलालाई जाडोबाट बच्न सिरक वितरण गरीएको सम्बन्धित वडाका वडा अध्यक्ष राम लोभित यादवले जानकारी दिए ।

सदा जिवन उच्च विचार सम्मानित कार्यक्रम अन्तरगत प्रदेश २ प्रमुख धर्मनाथ यादवको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का प्रमुख यादवले भने सम्मान २ प्रकारको हुन्छ एउटा राम्रो कामको सम्मान र अर्को पिडितहरुको सम्मान अहिले जाडोबाट पिडित भएका व्यत्तिहरुको एउटा न्यानो सिरकबाट सम्मान गर्नु एउटा ठुलो कुरा हो ।

सिरकबाट सम्मानित भएकाहरुलाई यो सिरक कम्तिमा ५ वर्ष सम्म लागउनु तथा यसलाई हिफाजत साथ राख्नु सिरक वितरण गर्दै प्रदेश प्रमुख यादवले सबैलाई आग्रह पनि गरेका थिए ।

कार्यक्रममा १ सय ६० जनालाई सिरक वितरण गरिएको हो । सिरक पाउनेमा अपांग तर्फ पुनिता कुमारी यादव, निर्माला कुमारी पंडित, रिना कुमारी यादव रहेका छन् ।

सिरक पाएर मायादेवि मण्डलले भने हामी एकदमै खुशी भएको छौ यहिले सम्म कसैले पनि यस्तो किसिमको काम गरेको थिएन ।

कार्यक्रममा सुखिपुर नगरपालिकाका नगर प्रमुख राम अवतार यादव, प्रमुख प्रशासकिय अधिकृत श्रीराम जोशी, वडा अध्यक्षद्धय रमेश कुमार ठाकुर, बिरेन्द्र महतो, राम भरोस साह, जिवछ यादव लगायत अन्य नेताहहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष राम लोभित यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.