सिरहामा बाल शिक्षिकाहरुलाई पाँच दिने प्रारम्भिक साकक्षरता तालिम सम्पन्न

रिपोर्ट नेपाल | 2020 Feb 17 | 02:06 pm 1968

  • महेश सिंह

सिरहा, फागुन ५: लहानमा पाँच दिने बाल शिक्षिकाहरुका लागि प्रारम्भिक साक्षरता तथा पूर्व गणितीय सीप तालिम सम्पन्न भएको छ ।

बाल विकास केन्द्रमा साक्षरता तथा गणितीय सीपको सामग्रीहरुको प्रयोग गर्न बाल शिक्षिकाहरुलाई सक्षम बनाउनका साथै अध्ययनरत बाल बालिकाहरुको सिकायमा सहयोग पुग्ने उद्देश्यले तालिम संचालन गरेको आयोजक सबल नेपालका शिक्षा अधिकृत निरबहादुर आले मगरले जानकारी दिए ।

सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्व्य र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित तालिममा सो नगरपालिकाका २५ वटा बाल विकास केन्द्रका २५ बाल शिक्षिकाको सहभागिाता रहेको थियो ।

बाल विकास केन्द्रहरुलाई नमुना बाल विकास केन्द्र बनाउनका लागि समेत तालिमको आयोजना गरिएको थियो ।

तालिमको सहजिकरण सेभ द चिल्ड्रेनका शिक्षा विभागका कार्यक्रम संयोजक रिता तामाङ र सबल नेपालका शिक्षा अधिकृत निर बहादुर आले मगरले गरेका थिए भने तालिमको सहजिकरण गर्नमा सहयोग सबल नेपालका सुपरभाईजर अजय कुमार साह, राधा कुमारी चौधरी र डिकुरा पोखरेलले गरेका थिए ।

तालिमको समापन समारोहमा खडक नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षता र सो नपाका शिक्षा अधिकृत देबन प्रसाद चौधरी प्रमुख आतिथ्यमा तालिमको समापन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.