काठमाडौं, जेठ १०: गए राति सिरहाकाे मिर्चैया नगरपालिकामा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। झापाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ९८२ नम्बरको बस र पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना भएको हाे ।
उक्त दुर्घटना बिहीबार राति मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा बसका चालक भोजपुरका हरीरण पहेली र झापाका मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।