सिरहामा ट्राफिक चेकिङ्गमा कडाई

रिपोर्ट नेपाल | 2022 Sep 07 | 06:26 pm 3825

  • महेश सिंह

सिरहा, भदौ २२ः सिरहामा ट्राफिक चेकिङ्गमा कडाई गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले दुर्घटना न्यूनीकरण गर्न पुर्वपश्चिम लोकमार्ग अन्तर्गत चल्ने सवारी साधनमा चेक जाँचमा कडाई गरेको हो।

No description available.

सिरहामा हुने अपराधीक क्रियाकलाप र दुर्घटना न्यूनीकरण गर्नमा सिरहा ट्राफिक प्रहरीले जोड दिएका छन् । प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार दैनिक रूपमा समय अनुकुल
सिरहाका विभिन्न बजार र ठाउँहरुमा ट्राफिक चेकिङ्ग हुने गरेको छ।

ट्राफिक नियमको उलंघन र मादक पदार्थ सेवन गरी, क्षमता भन्दा बढी लोड गरेका सबारी यातायातहरुलाई ट्राफिक प्रहरीको नियम अनुसार जारीवाना काटिने गरेका छन्।
ट्राफिक चेकिङ्ग निरन्तरता दिँदा सिरहामा पहिलाको अनुपातमा सिरहामा सडक दुर्घटनामा कमि आएको ट्राफिक प्रहरी सहायक निरीक्षक डम्बर दियालीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.