- महेश सिंह
सिरहा मंसिर १६:नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहानको आयोजना र जिल्ला भूमिअधिकारको सहयोगमा जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नापी कार्यालय लहानका प्रमुख रविन सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ सरकारको भूमि व्यवस्था कृषि तथा शहकारी मन्त्री शैलेन्द्र कुमार साह गरेका थिए ।

मन्त्री साहले तीनै तहको जिम्मेवारी हो त्यसको अधिकार अधारभुत काम भूमिको व्यवस्था हुन कृषि प्रबन्ध र युवा लक्षित रोजगारी यसको सृजना प्रदेश सरकारले गर्छ भन्दै प्रदेश सरकारको प्राथमिकतामा राख्ने बताए ।
सिरहा जिल्लामा १३ हजार बासिन्दाहरु गाउँ बलोकको बासिन्दाहरु रहेको कार्यालय प्रमुख सिंहले बताए ।
कार्यक्रममा लहान नगरपालिका १५ ढोडनामा २ सय ९५ र लहान नपा २२ शिसवनीमा ४ सय २५ जना गरी जम्मा ७ सय २० जना व्यक्तिहरुलाई प्रदेश मन्त्री साहको हातबाट लाल पुर्जा वितरण गरेका हुन् ।
गाउँ बलोकको जग्गा उपभोग गरेको व्यक्तिहरुलाई लालपुर्जा दिएको हो भने त्यस मधे ९३ जना सुकुम्बासीलाई प्रदान गरेको आयोजकले बताए ।
लहान नगरपालिका २२ शिसवनीमा २०१९ सालमा स्थापना भएको अधारभुत विद्यालय जहदीले ६ कठ्ठाको लालपुर्जा पाएको प्रधानाध्यापक रामचन्द्र चौधरीले बताए ।
विशेष अतिथिहरु राष्ट्रिय भूमि अधिकार मंचको राष्ट्रिय अध्यक्ष सरस्वती सुवाले सुरक्षित अवास र जिविको पार्जनको लागि संघर्ष गर्दै लहानबाट हक प्राप्तिको औपचारिक सरुवात भएको बताए । यसले देश भरीको भूमिहिन सुकुम्बासीको पक्षमा सकारात्मक संदेश दिँदै खुसी व्यक्त गरे ।
कार्यक्रममा मधेसको चेली तथा गायिका शान्ति सदाको गायन प्रस्तुति समेत रहेको आयोजकले बताए ।
धनगढीमाई नगरपालिकाको मेयर हरिनारायण चौधरी लहान नगरपालिकाको मेयर मुनि साहले भने भुमिहिन र सुकुम्बासीहरुलाई जग्गाको प्रबन्ध गर्छौ र हामीले सरुवा गर्यौं यो कामलाई हामी निरन्तरता दिने बताए ।