सिरहामा खाल्डोको पानीमा डुवेर नबालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 28 | 12:34 am 1904

  • महेश सिंह महतो

सिराहा, साउन ११:  सिरहाको गोलबाजर नपा ६ मा एक जना नबालिकाको डुबेर मृत्यु भएको छ ।

सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मी चौकमा डेरालिए बस्दै आएको श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरती कुमारी यादवको खाल्डोमा जमेको पानीमा डुवेर ज्यान गएको स्थानीय बताए ।

गोलबजार नपा ६ मा रहेको मामाको घर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिए ।

नबालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा लगि परिवारलाई जिम्मा लगाएको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.