सिरहा, माघ १०: शुक्रबार बिहान सिराहामा आगलागी हुँदा एक किशोरीको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा, कर्जन्हा नगरपालिका ४ बस्तिपुर चोककी आशा नायककी १६ वर्षीया छोरी चुनचुन कुमारी नायक रहेकी छन् ।
घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उनीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट घाइते भएकी मृतककी आमा आशा नायकको कर्जन्हा अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न नसकेको बताइएको छ ।