सिरहामा अवैध घरेलु मदिरा नष्ट

रिपोर्ट नेपाल | 2019 Oct 24 | 03:14 pm 3115

  • महेश सिंह

सिरहा, काात्तिक ७: अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा प्रहरीद्वारा नष्ट गरिएको छ । प्रहरीको अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय लहानले उक्त अभियान चलाएको हो ।

लहानबाट खटिएको प्रहरी टोलिले ५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेका छन् ।

सितापुरको ६ घर र ६ भट्टीमा छपामारी उक्त परिमाणको अवैध घरेल मदिरा बरामत गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।

त्यस्तै लहान नगरपालिका ९ बाट १२ सय लिटर मदिरा र तीन जनाको घरमा छपा मारी रक्सी बनाउने भाडा कुडा समेत प्रहरीले जफतगरेको छ ।

उक्त जफत गरेको सरसम्मान ईलाका प्रहरी कार्यालय लहानमा राखिएको लहानको डिएसपी भेषराज रिजालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.