- महेश सिंह
सिरहा, कात्तिक २६ः सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्तहामा मंगलवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ। आयोजक संस्थाको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।

बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्ताहाको संयुक्त आयोजना र आर्थिक सहयोग काङ्ग्रेस नेता गोपाल कृष्ण यादवको खेल गराउन विशेष पहल रहेको थियो।
नेता यादवको अनुसार कुलतमा लागेका गाउँका युवाहरुलाई खेलको माध्यमबाट सुधार्न लागेको छु । काङ्ग्रेस नेता यादवले बताए ।
नेपाली काङ्ग्रेस जिल्ला सभापती एवम पूर्व संसद रामचन्द्र यादवले रिवन काटेर खेलको उदघाटन गरेको थियो ।
कार्यक्रममा बोल्दै सभापति यादवले म पनि कुनै समयमा खेलाडी थिए भन्दै सभापति यादवले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदा हुने बताए । खेल खेलेरै म राजनीतिकमा उनले आएको बताए ।
अतिथिहरुमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रमेश्वर साह, स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मंगलबार भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ । खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछि पेनाल्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेता गोपालकृष्ण यादवले जनकारी दिए । पेनाल्टिमा भवानिपुर ५ र हर्दिया ४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो ।
सुरु दिनको खेलमा भवानिपुरका सुमन मगर म्यान अफ द म्याच घोषित भएका थिए । उक्त खेलमा ८ वटा टिमको सहभागिता रहेको काङ्ग्रेस गोपाल कृष्ण यादवले बताए।
फाईनल मंसिर २ गते हुने बताए। प्रथम पुरस्कारमा २१ हजार र द्धितिय पुरस्कार १२ हजार, सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरिने आयोजकले जानकारी दिए।
सहभागि टिमहरुले आयोजकले बनाएको निति नियममा खेल खेल्नुपर्ने उनले बताए । साथै अतिथिहरुले एक आपसमा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।