- महेश सिंह
सिरहा चैत २५ः विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस नेपालमा पनि फेला परिसकेकाे छ । नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमणबाट बच्न मुलुकलाई लकडाउन गरेको हाे ।
त्यसकाे नियम पालना गर्न नेपालभर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेका छन् । नेपालमा काेराेना संक्रमित फेला परेपछि सरकारले चैत ११ गते देखि लकडाउनको निर्णय गरेको हो।
लकडाउनको नियम उलंघन गर्ने ब्यक्तिलाई विभन्न ठाउँमा कारबाही समेत गर्ने गरेका छन् । कोरोना भाईरस स्वास प्रक्रियाको माध्यमबाट, शारिरीक अंगमाल, हातमिलाउने गर्नाले, मानिसको धेरै भिड भाडामा सजिलै फैलिने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएकाले लकडाउन गरेको हो।
लकडाउनको प्रभावले यातायात ,उद्याेग, कलकारखाना, शिक्षण संस्था, बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न वर्ग, अति बिपन्न गरिब, भुमिहिन र सुकुम्बासिहरु संकटमा परेकाे छ।
यता कोरोनाको त्रास उता घरमा अन्नको कहर छाक टार्नलाई सरकारको आशमा दिनचार्य बिताउने गरेका छन् । लकडाउनका कारण ज्याला मजदुरी गर्ने व्यक्तिहरू काम गर्न नपाएपछि हातमुख जोड्न सकिरहेको छैन ।
स्थानीय सरकार राजनीति दलका प्रतिनिधी, समाजसेवी ब्यापारीको राहतका आशमा बाटो नियाल्दै कुरेर बसेका छन्। यसैगरी सिरहाको लहान नगरपालिका वडा नम्बर २ र ३ मा वाडाका अध्यक्ष सियाराम यादवको उपस्थितिमा लहानको अस्पताल चौक स्थित रहेको सेराज पोलिक्लिनिक संचाल तथा लहान कन्ट्रक्सनका संचालक एवं राजनीतिकर्मी तथा युवा नेता ओम सिंहले भोक कहरमा बसेका गरिब बिपन्न परिवारलाई ब्यक्तिगत आर्थिक सहयोगमा करिब ३ सय घर धुरीलाई राहत स्वरुप काक्रो बितरण गरेका छन् ।
रहत बितरण सहयोगमा जनमत पार्टीका लहान नगर अध्यक्ष देबकान्त सिंह, समाजसेवी रामशंकर यादव, समाजवादी पार्टीका युवानेता ज्ञान् महतो, बुद्धिजिवी भोला जित नेपाल लगायत सयौं युवाहरूको सहभागिता रहेको आयोजक ओम सिंहले जानकारी दिए।