सिरहाको भगवानपुर गाउँपालिकामा ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम सुरु

रिपोर्ट नेपाल | 2020 Feb 20 | 09:11 am 2764

  • महेश सिंह

सिरहा, फागुन ८: प्रदेश नम्बर २ सरकारले संचालन गरेको ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम सिरहाको भगवानपुर गाउँपालिकामा सुभारम्भ गरिएको छ ।

गाउँपालिकाको आयोजनामा छोरी शिक्षा बीमा कार्यक्रम शिविर संचालन गरिएको हो।

प्रदेश २ सरकारको महत्वकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम भगवानपुर गाउँपालिकामा पनि सञ्चालन भएको छ।

बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ ।

मंगलबार ईनर्वा स्थित श्री हनुमान प्रसाद शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादव उपाध्यक्ष श्रीमती सिता देवी यादवज्यू ले संयुक्त रुपमा भगवानपुर गापा ४ निवासी श्याम कुमार झा को छोरी प्रीति झा बालिकाको विमा गरी कार्यक्रको शुभारम्भ गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.