सिरहाको पतारीमा निःशुल्क तीन दिने बाली उपचार शिविर सुरु

रिपोर्ट नेपाल | 2021 Mar 25 | 10:46 am 2697

  • महेश सिंह

सिरहा, चैत १२ः सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा किसानहरुलाई लक्षित तीन दिने निःशुल्क बाली उपचार तथा परामर्श शिविर सुरु भएको छ।

No description available.

पालिकाभित्र रहेका किसानहरुको उपज बढाउने उद्देश्यले उक्त शिविरको आयोजना गरेको कृषि अधिकृत ईन्द्र नारायण चौधरीले जानकारी दिए।

गाउँपालिका १ पिपराबाट सुरु गरेको शिविर दोस्रो दिन महेशपुर ३ र तेस्रो दिन सितापुर ६ मा हुने कृषि विकास शाखा लक्ष्मीपुर पतारीको प्राविधिक सहायक चतुर नारायण चौधरीले जानकारी दिए।

उक्त शिविर मार्फत देखा परेको रोगहरुको नियन्त्रणका लागि किसानहरुलाई बाली पहिचान गरी बिषादी वितरण गरिने बताइएको छ।

बाली प्रयोगशाला सिरहाको अधिकृत मानन चौधरीले बाली पहिचान गरी उपचार तथा परामर्श सहित ५ किसिमको बिषादी दिने गरेको सकुन्तला कुमारी साहले जानकारी दिइन्

किसानहरुले लगाएको बालिनालीमा लाग्ने रोग मध्ये लाही, पम्येपिङ्ग, मधुवा लगायतका रोगहरु बढी नै लागने गरेको पाइएको छ।

No description available.

बाली बिज्ञ चौधरीले रोग पहिचान गरी बिषादीहरुमा साईपर मेथिन, सुपर किलर, जिमिरा मलटी पलेक्स, बायो किटानासक लगायत ५ किसिमको बिसादी निःशुल्क रुपमा किसानहरुलाई दिने गरेका छन्।

बिगत केही महिना अगाडि किसानहरुलाई च्याउको बिउ निःशुल्क रूपमा गाउँपालिकाले वितरण गरेको प्राविधिक सहायक चतुर नारायण चौधरीले बताए।

बाली उपचार र परामर्श लिन र बिषादी लिन किसानहरुको भिड लागेको थियो । बाली रोगबाट पीडित किसानहरु बिषादी पाउदा खुशी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.