सिरहाको नरहा गाउँपालिकाको आयव्याय पत्रकार सम्मेलन गरी सार्वजनिक

रिपोर्ट नेपाल | 2020 Jan 08 | 02:18 pm 1903

महेश सिंह

सिरहा, पुस २३ः जिल्लाको नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आयव्याय सार्वजनिक गरेको छ ।

गाउँपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को आयव्याय सार्वजनिक गरेको हो ।

गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी सहित विपक्षी नेपाली कांग्रेस लगायतले आर्थिक पारदर्षिताको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

गाउँपालिका अध्यक्ष रामशरण यादवले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरिएको र कुनै प्रकारको अनियमितता नगरेको दाबी गरेको छ । अध्यक्ष यादवले भने, कुनै प्रकारको अनियमितता भएको छैन् । खर्चको विवरण सार्वजनिक गरेको छु । तर विपक्षीहरु बैंक स्टेटमेण्ट लगायतका अनावश्यक बहानामा आन्दोलन गरिरहेको छ ।

 

विपक्षीहरुले पारदर्षिताको माग गर्दै आएको छ । हामीले आज पत्रकार सम्मेलन गरी हरहिसाब सार्वजनिक गरेका छौं, गाउँपालिका अध्यक्ष यादवले बताए ।

आर्थिक वर्ष २०७४र०७५ मा २१ करोड ९६ लाख १ हजार ८ सय ४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९ सयष् ७८ रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

यस्तै आर्थिक वर्ष २०७५र०७६ मा १९ करोड ६४ लाख ९९ हजार ३ सय ८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामाले बताईन् ।

चालू आर्थिक वर्ष २०७६र०७७ को ६ महिना वित्न लाग्दा पनि नरहा गाउँपालिकाको सभा हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७६र०७७ मा २८ करोड ३ लाख ८९ हजार ९२ रुपैयाँ विनियोजन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.