- महेश सिंह
सिरहा, जेठ ६ः सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेका शिव शंकर महतो मेयरमा निर्वाचित भएका छन् भने काङ्ग्रेसका संगिता कुमारी चौधरीले उप–प्रमुखमा निर्वाचित भएकी छन्। महतोको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव रहेका थिए।
लामो समय देखि राजनीतिमा सकृय रहेका महतो २०७४ सालको निर्वाचनमा उनी पराजित भएका थिए। नेता महतो नेकपा एमालेका बौद्धिक तथा प्रभावशाली नेता हुन्। उनी राजनीतिमा निरन्तर लागेका छन्।
नेता महतो कम्युनिस्ट आन्दोलनमा सकृय भुमिका निर्वाह गर्दै समाजसंग जोडिएका थिए । नेता महतो कुशल शिक्षाविद् समेत हुन् ।