- महेश सिंह
सिरहा, मंसिर १३ जिल्लाको धनगढी माई नगरपालिकाको कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ ।
नगरापालिकाको मेयर हरीनारायण चौधरी बस्ने कोठाको मुनि उक्त शंकास्पद बस्तु फेला परेको हो । रातो झोला भित्र रहेको शंकास्पद वस्तु बम जस्तो देखिको छ ।
उक्त वस्तु कसले र कतिबेला राखेको विषयमा केहि खुल्न सकेका छैन। अहिले नेपालि सेनाको बम डिस्पोजल टोलि, नेपाल प्रहरीको टोली आएर बम डिस्पोज गर्ने प्रक्रियामा लागी परेको प्रहरीले जानकारी दिए ।
एका बिहानै बम फेला पर्दा गाउँ नै त्रसित भएका छन् । घटनाको थप विवरण भने आउँन बाँकि रहेको छ ।