सिरहाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न

रिपोर्ट नेपाल | 2020 Feb 09 | 10:08 pm 1652

  • महेश सिंह

सिरहा, माघ २६: जिल्लाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।

संगठित होउ, शिक्षित बनुं, संघर्ष गरौं भन्ने मुलनाराका साथ कर्जन्हामा नगरपालीका स्तरीय पासवान समाजको माईनजनी संस्था गठन तथा संचालन छलफल सभा शनिबार सम्पन्न भएको हो ।

उक्त भेला रामबलि पासवानको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी का प्रदेश नं २ क, सहइन्चार्ज तथा निवर्तमान भूमिसुधार र उद्योग मन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सभालाई सम्बोधान गर्दै प्रमुख अतिथि महेन्द्र पासवानले राजनीतिक रूपमा अहिलेको संविधानले भाषिक र सामाजिक रूपमा अधिकार दिन नसकेको बताए । ब्राह्मण वादले दलित, जनजाति मात्रहोइन क्षेत्रीहरु समेत पीडित भएको पासवानले बताए ।

विशिस्ट अतिथि कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले पासवान समुदायको माईनजनले पासवान समुदाय भित्र दहेज मुक्त बिवाह, बालबिवाह मुक्त गर्ने निर्णय गर्नु पर्ने बताए ।

कुनै पनि राजनीति सभा दलितको उपस्थिति बिना सम्पन्न नहुने बताउदै नगर प्रमुख पासवानले दलितहरु एकजुट भएर दलित नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका थिए ।

दलित भित्र पासवान समुदायले नेतृत्वदाई भूमिका निर्वाह गरेकै कारण गैर दलितहरुले पासवानलाई किनारा लगाउन खोजेको वक्ताहरुले बताएका थिए ।

प्रदेश नं २ का इन्सेक संयोजक राजु पासवानले मन्तव्य राख्दै भने आफ्नो जातिको उत्थानको लागि पासवान समुदायलाई एक जुट भएर संगठित हुन जरुरी छ ।

अहिलेको परिपेक्षमा पासवान समुदायको राजनीतिमा पहुँच भए पनि शिक्षामा पछाडी रहेकाले शिक्षामा विशेष जोड दिन इन्सेक संयोजक पासवानले आग्रह गरे ।

त्यसैगरी प्रदेश नं २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत अधिकृत सुनिल कुमार पासवानले भने शिक्षाको क्षेत्रमा दलित मात्र होईन । आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीको लागि प्रदेश १ का मोरङदेखी प्रदेश २ का पर्सा सम्मका विद्यार्थीलाई सहयोग गर्ने बाचा समेत गरे ।

कार्यक्रममा प्रदेश नं २ का सप्तरी देखि पर्सासम्मका पासवान समुदायका वरिष्ठ पत्रकार भोला पासवान नेपाल पोस्ट दैनिक अन्लाईन पत्रिकाका प्रधान सम्पादक महेश सिंह, इजोर दैनिक पत्रिकाका सम्पादक धर्मेन्द्र कुमार पासवान राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव राजा राम पासवान , सब–इन्जिनियर गोबिन्द पासवान, नेकपाका युवा नेता मनोज कुमार पासवान, जनमत पार्टीका विद्यार्थी नेता राम अधिन पासवान, राम अधार पासवान, शिक्षक अरुण पासवान लगायतको नेता र पत्रकारहरुको उपस्थिति रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.