सिरहाका घुमुवा सोनार ढल्केबर तानिए

रिपोर्ट नेपाल | 2020 Aug 19 | 02:40 pm 4846

सिरहा, भदौ ३ः जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाशंकर पंजियारका घुमुवा सई अबदेशलाल सोनारलाई प्रदेश कार्यालयको निर्देशनमा दंगा प्रहरी ढल्केबर तानिएका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार सई सोनार पैसा उठाएको थाहा पाएपछि तानिएका हुन् ।

साउन २० गते सोनारले एउटा ट्रान्सपोर्टको गाडी समाएर तीन लाख लिएर छोडेको कुरा डिआइजी कहाँ पुगेपछि उनलाई लखेटिएको बताइन्छ ।

सूचना संकलनका लागि राखिने तराइका घुमुवाले अपराध, चोरी निकासी बन्द र तस्करी रोक्नु भन्दा पैसा उठाउनमा बढी समय दिने गरेका छन् ।

ट्रक समाउने बेला सँगै रहेका हवल्दार सन्तोष झा २०६८ सालदेखि सिरहाको घुमुवा छन् । त्यस्तै कृष्ण यादव नाम गरेका हवल्दार कृष्ण यादव २०६९ देखि सिरहामा कार्यरत छन् ।

जवान प्रमोद यादव पनि घुमुवाकै भेषमा ३ वर्ष देखि सकृय छन् । लामो समयदेखि एकै ठाउँमा एउटै जिम्मेवारीमा रहेका व्यक्ति कसको संरक्षणमा छन् त्यो भने बुझ्न सकिएन ।

एउटै केसका सई सोनार तानिदा त्यही टिमका अन्य ३ छाती फुलाएर एसपी उमाशंकर पंजियारको पैसा उठाउने काममा व्यस्त छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.