सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा चार घाइते, घाइतेहरूलाई काठमाडौं लगियो

| 2023 May 05 | 03:10 pm 1345

संखुवासभा, बैशाख २२: संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित चारजना घाइते भएका छन् । उनीहरूलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। पाइलट सुरेन्द्र पौडेल , स्थानीय भविन गुरूङ ,चेपुवाका छिरिङ भोटे घाइते भएका हुन्।

सिम्रिक एयरका पाइलट सिद्धार्थ गुरुङले घाइतेहरूलाई काठमाडौं लगेका छन्। अपर अरूण जलविद्युत आयोजनाको सामान झारेर फर्किने क्रममा शुक्रबार दिउँसो 9 N-AJZ कलसाइनको हेलिकोप्टर संखुवासभाको भोटेखोला- ४ सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको हो।

हेलिकोप्टरले माटो, ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको अपर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.