सिन्धुलीमा अटो पल्टियाे : एकको मृत्यु, ६ घाइते

| 2019 Apr 24 | 03:50 pm 2044

सिन्धुली,  वैशाख ११ : सिन्धुलीको मरिण गाउँपालिका -३ चनौटेमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मरिण गाउँपालिका – ३ की शान्तिमाया योञ्जन रहेकी छिन् ।

घाइतेहरुको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र गम्भीर अवस्थामा रहेका दुई जनालाई काठमाडौं पठाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताए ।

घाइते हुनेहरुमा मरिण गाउँपालिका -३ चनौटेका ६० वर्षीय खड्कबहादुर श्रेष्ठ, सोही स्थानकी ३५ वर्षीय संगीता वाइवा, २५ वर्षीय मिनकुमारी योञ्जन, १४ वर्षीय संगीता ल्हो, १२ वर्षीया अञ्जना ठकर रहेकी छिन् । त्यस्तै सोही गाउँपालिका ४ की ठूली दमार रहेकी छिन् ।

गम्भीर घाइते भएकी संगीता र अञ्जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं लैजाने तयारी रहेको प्रहरी निरीक्षक कार्कीले बताए । उनका अनुसार अटो पुलको छेउबाट ६० फिट तल खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.