सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेत विजयी

| 2022 Nov 25 | 08:00 am 1041

सिन्धुपाल्चोक, मङ्सिर ९ः प्रतिनिधि सभा–२ मा नेपाली  कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरबहादुर तामाङले २७ हजार ४९३ मत प्राप्त गरेका छन् । बस्नेत र तामाङबीच ११ हजार ८७४ मतान्तर रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा दुई पटक सङ्घीय सांसद जितेका एमालेका तामाङलाई भारी मतले पराजित गदै बस्नेत विजयी भएका हुन् । बस्नेत २०७० र २०५६ सालको निर्वाचनमा सांसदमा निर्वाचित भइसका छन् । यो उनको तेस्रो पटकको जित हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.