सिन्धुपाल्चोक–१ काे (क) मा कांग्रेसकी मसिना विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 07:21 am 977

सिन्धुपाल्चोक, मङ्सिर ७ः सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ को प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी भएकी छन् । खड्काले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ (डिबी) लाई पराजित गदै विजयी भएकी हुन् ।

कांग्रेसबाट गठबन्धनको उम्मेदवार भई विजयी मसिनाले १४ हजार ६५२ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४९० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्मला श्रेष्ठले २ हजार ६७ मत प्राप्त गरी तेस्रो भएकी छन् ।

उक्त प्रदेश सभामा नौँ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । मसिना  नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य हुन् । जम्मा ६६ हजार ७५५ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ८४५ मत खसेको थियो । ३२ हजार २६३ सदर मत र १ हजार ५८२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत रुद्धप्रसाद सुवेदीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.