सिन्धुपाल्चोक, कात्तिक ५ : जिल्लाको जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएकाे प्रहरीले जानकारी दिएका छन् ।
बा ४ ख ९०१७ नम्बरको टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए ।
एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए।