सिन्धुपाल्चाेमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते

रिपोर्ट नेपाल | 2021 Aug 25 | 12:59 pm 1949

सिन्धुपाल्चोक,  भदाै ९ः जिल्लाको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् भने दुई जना हराईरहेका छन् ।

ठोकर्पाबाट काठमाडाैँकालागि छुटेको बस बिहान ११:३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बिस मिटर तल बस झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घाइतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा  उपचार भइ रहेकाे र र दुई जनाकाे गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.